हल्दीबारीमा विधार्थीसँग जनप्रतिनिधि कार्यक्रम

झापा।हल्दिबारी गाउँपालिका–३ स्थित लक्ष्मी माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले स्थानीय शासन प्रणाली र पालिकाको कामकारबाहीबारे प्रत्यक्ष जानकारी लिन हल्दिबारी गाउँपालिकाको अवलोकन भ्रमण गरेका छन् । शैक्षिक पाठ्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर प्रदान गरेको छ ।

Advertisement

अवलोकन भ्रमणका क्रममा विद्यार्थीहरूले गाउँपालिकाको प्रशासनिक संरचना, सेवा प्रवाह प्रक्रिया तथा स्थानीय विकासका प्राथमिकताबारे जानकारी लिएका थिए । सोही अवसरमा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनसँग विशेष अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको थियो । अन्तरक्रियामा अध्यक्ष लिङ्देनले स्थानीय तहको संवैधानिक भूमिका, जनप्रतिनिधिको जिम्मेवारी तथा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रमा सञ्चालन गरिरहेका कार्यक्रमबारे विस्तृत जानकारी गराए ।

अन्तरक्रिया कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, शिक्षा शाखा प्रमुख जनकुमारी राई, शिक्षा सहजकर्ता दुर्गा प्रसाद अधिकारी तथा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक पर्शुराम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search