परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउने दिशामा हल्दीबारीको पहल

झापा।हल्दीबारी गाउँपालिकामा लामो समयदेखि फलाम ( आरन ) सम्बन्धी व्यवसाय गर्दै आएका विशेषगरी विश्वकर्मा समुदायका ५ वटै वडाका अग्रज व्यक्तित्वहरूसँग आज छलफल गरिएको छ ।
वर्षौदेखि हातहतियार बनाउदै आएका उनीहरूको व्यवसाय के कसरी अघि बढेको छ ? थप सहज बनाउन के गर्न सकिन्छ भनेर अन्तरक्रिया गरिएको थियो।कोशी प्रदेश सरकार का सांसद माननिय गोपाल गजमेर को पहल र हल्दीबारी गाउँपालिकाको सहजीकरणमा पहिलो पटक आरन सम्बन्धी कार्यक्रम समेटिएको छ।

Advertisement

परम्परागत रूपमा व्यवसाय गर्दै आएका उनीहरूको माग अनुसार प्रदेश सरकारबाट विनियोजन गरिएको ५ लाख रकम बाट केही सामाग्री लागत साझेदारीमा दिने व्यवस्था मिलाउन गरिएको छलफलमा सहभागीहरूले ग्रेडर मेसिन (धार लगाउने मेसिन)आरन मेसिन( बिजुली बाट चल्ने) , व्लडिङ मेसिन लगायत माग गरेका थिए ।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य सुष्मा महरा लगायत छलफलमा सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष लिङदेनले परम्परागत पेशा जोगाउन र आफ्ना सन्तानहरूलाई पनि सिकाउन पर्ने र प्रविधिमैत्री हुन पर्ने मा जोड दिएका थिए।
यसैगरी प्रदेश सांसद गजमेरले आफू त्यही क्षेत्रबाट आएको र हाल सम्म यो पेशा संरक्षणमा कसैले चासो नदेखाएकाले आफु अग्रसर भएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए।कार्यक्रम सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search