विभिन्न दल परित्याग गर्दै दुई दर्जन नेता–कार्यकर्ता राप्रपामा प्रवेश

झापा । नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा एमाले लगायत पार्टी परित्याग गर्दै करिब दुई दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
पुष २१ गते बेलुका राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन झापा आएको बेला उनकै घरमा पुगेर पार्टीको टिकट लिएका हुन।


नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा तरुण दल बिर्तामोड–३ का पूर्व वडा सभापति दिपकचन्द्र माझी, शम्भु माझी, चन्द्र माझी, ओमराज माझी, सावित्रीदेवी माझी, अगमलाल माझी लगायत विभिन्न दलमा आवद्ध नेता–कार्यकर्ताले एक कार्यक्रमबीच केन्द्रिय अध्यक्ष लिङदेन र राप्रपा नगर भद्रपुर नगर अध्यक्ष राजकुमार राईको हातबाट राप्रपाको सदस्यता ग्रहण गरेका हुन्।

राप्रपाको भ्रष्टाचारविरोधी अभियान, राष्ट्रवादी विचारधारा तथा स्पष्ट राजनीतिक एजेन्डाबाट प्रभावित भई आफूहरू पार्टी प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन्।

पार्टी प्रवेश कार्यक्रममा राप्रपाका नेताहरूले नयाँ सदस्यहरूलाई स्वागत गर्दै आगामी दिनमा संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई अझ सशक्त बनाइने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search