महेन्द्र माध्यमिक विद्यालय हल्दीबारी ४ मा कक्षा १ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा अनुशासित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। विद्यार्थीको शैक्षिक प्रोत्साहनका लागि अस्ट्रेलिया निवासी पूर्व विधार्थी सुनिल बिमली र पुनम थपलिया बिमलीले आफ्ना सन्तान यजुर बिमली र औरा बिमलीको जन्मदिनको अवसरमा कुल ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेका हुन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन। कार्यक्रममा वडा अध्यक्ष सन्तकुमार थापा, वडा सदस्यहरू भागिरथा दाहाल, शान्ता विश्वकर्मा, सुरेन्द्र बाराकोटी, विधालयका प्र अ पूर्णचन्द्र अधिकारी पूर्व विद्यार्थी समाजका अध्यक्ष पुष्पराज निरौला, समाजसेवी यमुना उप्रेती बिमली लगायत शिक्षक विधार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले छात्रवृत्तिले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै शिक्षामा लगानी नै समृद्ध समाजको आधार भएको उल्लेख गरे।
जेहेन्दार छात्रवृति गरिमा डंगोल, विनुता हजाम,कृतिका राय,स्नेहा प्रसाई,सोनिमा शिवाकोटी,शिखा मैनाली,नेहा प्रसाई,निसा घिमिरेलाई प्रदान गरिएको थियो भने अनुशासन तर्फ थिकहाङ्ग लिम्बुलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमबारे जानकारी जनार्दन उप्रेतीले गराएका थिए।
बिमली दम्पतिले गत वर्षदेखि शुभारम्भ गरेको छात्रवृति वितरणलाई जिवनभर निरन्तरता दिने परिवारका सदस्य जनार्दन उप्रेतीले बताए।