मोटरसाइकल दुर्घटनामा भद्रपुरका निरौलाको मृत्यु

झापा, माघ ३ । गएराति बिर्तामोड – भद्रपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

Advertisement

 

राति ८.१५ बजे बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जादै गरेको प्र१–०१–०१४ प ५११९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर ७ बस्ने  का सुदिर निरौला गम्भीर घाइते भएका थिए ।

घाइतेलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याईएकोमा उपचारको क्रममा राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search