झापा। चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयसँग जोडिएका स्मृति, अनुभव र भावनालाई एकै थलोमा जोड्ने उद्देश्यका साथ विद्यालयका पूर्व विद्यार्थीहरू औपचारिक रूपमा संगठित भएका छन्। हल्दिबारी गाउँपालिका वडा नं–३ मा अवस्थित उक्त विद्यालयमा आयोजित विशेष भेटघाट तथा पुनर्मिलन कार्यक्रमले पूर्व विद्यार्थी समाज गठनको बाटो खोलिदिएको हो।
कार्यक्रमपश्चात् सम्पन्न छलफल तथा सहमतिबाट अभिषेक खतिवडाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। समितिको उपाध्यक्षमा अम्बिका भट्टराई, सचिवमा टीकाराम ढकाल, कोषाध्यक्षमा सीता अधिकारी र सह–सचिवमा कृतिम पोखरेल रहनुभएको छ। त्यस्तै सदस्यका रूपमा आशिष खरेल, अर्पण गिरी, चिरन ढङ्गेल, प्रमिला आचार्य, अञ्जना मण्डल र सन्तोष गिरी चयन हुनुभएको छ।
नवगठित समितिले पूर्व विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै नियमित अन्तरक्रिया, पुनर्मिलन कार्यक्रम, सामाजिक उत्तरदायित्वका गतिविधि तथा विद्यालय र समाजको हितमा दीर्घकालीन योगदान गर्ने लक्ष्य लिएको अध्यक्ष खतिवडाले बताउनुभएको छ।
विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक खिवराज भट्टराईले सञ्चालन तथा सहजीकरण गर्नुभएको थियो।
मनकामनाबाट फर्केको माइक्रो दुर्घटना , ६ जनाको मृत्यु
March 14, 2026
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026