श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न

झापा । श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औं वार्षिकोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघकी अध्यक्ष मुना भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो भने हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन महेन्द्र , हल्दिबारी वडा न. १ का वडा अध्यक्ष देवी बहादुर थापा,प्रशासन शाखा प्रमुख बाबुराम ढकाल, झापा जिल्ला प्याब्सन सदस्य नितेश खरेल, शिक्षा सहजकर्ता दुर्गा अधिकारी , संचारकर्मीहरू लगायत को आतिथ्यता रहेको थियो। यसैगरी कार्यक्रममा विधार्थी तथा अविभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विधार्थीहरूले प्रस्तुत गरेको विभिन्न सांस्कृतिक नृत्य, गायन र झाकीले कार्यक्रमलाई रोचक बनाएको थियो ।
कार्यक्रममा २०८१ सालको एसइइ परिक्षामा पालिका मै उत्कृष्ट अंक लयाउने दुई विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

यसैगरी विभिन्न विधाका प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले सरकारी र निजी विद्यालय दुबैलाई विभिन्न बिषयमा सहकार्य र सहभागिता गराउदै विकासको बाटो तिर सँगै लम्कने र विद्यार्थीहरुको हितको लागि पालिका सधै तत्पर रहने धारणा राखेका थिए।
विद्यालयका प्र.अ. तुलसा देवी संग्रौलाले विद्यालयले बिगत देखि वर्तमान सम्म तिता मिठा अनुभव गरेर अहिलेको अवस्था सम्म पुग्न सफल भएको मा खुसी व्यक्त गर्नुका साथै विद्यालयलाई विस्वास गरे सहयोग गर्नु हुने सम्पुर्ण महानुभाव तथा अभिभावकहरुमा आभार व्यक्त गरेकी थिइन।
कार्यक्रममा हल्दीबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान ब वन, कृष्णसागर इङलिस स्कुलका प्रिनसिपल नितेश खरेल लगायतले मन्तव्य राखेका थिए।

शिक्षिका मन्दिरा श्रेष्ठले स्वागत मन्तव्य राखेको
औपचारिक कार्यक्रम संचालन विद्यालयका सहायक प्र.अ. इन्द्र दाहाल र विद्यार्थीहरु दिया पौडेल र सौगात रेग्मीले गरेका थिए ।
गोलधाप सनसाइन विधालय शैक्षिक तथा अन्य कार्यक्रमहरूमा हल्दीबारी कै एक उत्कृष्ट विधालयका रूपमा परिचित रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search