मनकामनाबाट फर्केको माइक्रो दुर्घटना , ६ जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ ।अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search