जनसरोकार, गुनासो र सुझावलाई मध्यनजर गरेर जनताले उठाएका प्रश्नहरूको जवाफ दिदैँ हल्दीबारी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
पालिकाले आज (बिहीवार) गाउँपालिकाको कार्यालय परिसरमा सार्वजनिक सुनुवाई गरेको हो।
पालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र, ५ वटै वडाका वडा अध्यक्षहरू क्रमश देवी ब थापा, शुकलाल राजवंशी,विष्णु प्रसाद ओली, सन्तकुमार थापा र खडग लावतीले आफ्नो वडा र शाखाहरूमा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो।
हल्दीबारीका १४ जना सहभागीले विभिन्न विषयमा सवाल तथा सुझावहरू राख्नुभएको थियो।
विशेषगरी खानेपानी, शिक्षा, भौतिक पूर्वाधार , बिधुत , कृषि तथा पशु , सहकारी, अपाङ्गता सँग सम्बन्धित प्रश्नहरू आएका थिए।
झापा युनेस्को संघ नेपालको समन्वयमा भएको कार्यक्रमको औचित्य माथि प्रकास प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्रले पार्नुभएको थियो।
पालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष लिङदेनले यस्ता कार्यक्रमले जनताका गुनासो तथा आवश्यकता पहिचानमा मद्दत पुग्ने धारणा राख्नु भएको थियो।
जनताहरूको सही सुझाव र खबरदारीले हल्दीबारी गाउँपालिका नमुना गाउँपालिका बनेको भन्दै सबैलाई धन्यवाद दिनुभएको थियो।
हल्दीबारी गाउँपालिका असल अभ्यास मा झापाका गाउँपालिका मध्ये प्रथम बन्दै चैत ३० गते जिल्ला समन्वय समितिबाट सम्मानित हुन लागेको पनि जानकारी गराउनु भएको थियो।