सन्थाल गोल्डकपको उपाधि हल्दिबारीलाई

झापा। हल्दिबारी एफसी प्रथम सन्थाल गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक सन्थाल जाति उत्थान सेवा समाजलाई पराजित गर्दै हल्दिबारीले उपाधि चुमेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । खेलको ५५ औं मिनेटमा हल्दिवारी एफसीको तर्फबाट शिखर मर्डीले गोल गर्दै खेललाई १–० को स्थितिमा पुराएका थिए । १ गोलको योगदान गरेका शिखर मर्डी नै म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search