भुटानी शरणार्थी प्रकरणको प्रगति संसदलाई जानकारी गराउन राप्रपाको माग

396 views

राष्ट्रिय प्रजातन्त्र पार्टीलेभुटानी शरणार्थी प्रकरणमा अहिलेसम्मको प्रगति सदनलाई जानकारी गराउन माग गरेको छ।

बुधबार प्रतिनिधि सभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सो प्रकरणको अनुसन्धानमा भएको प्रगतिको विस्तृत विवरण सार्वजनिक गर्न सभामुखबाट सरकारको नाममा रूलिङ माग गरेका हुन्।

उनले अनुसन्धानका विषयमा अनेक शंका उपशंका उब्जिएका कारण सरकारले यथार्थ जानकारी संसदलाई गराउनुपने बताए।
लिङ्देनले भुटानी शरणार्थी प्रकरण सतहमा आएको बेला शीर्ष नेताहरुको भेटघाट बाक्लिनुमा पनि शंका व्यक्त गरेका छन्। सो भेटबारे पनि सदनलाई जानकारी गराउन उनले माग गरे।
भूटानी शरणार्थी प्रकरणमा उपप्रधानमन्त्रीसम्म भइसकेका व्यक्तिहरु मुछिनुले मुलुकको शीर निहुरिएको लिङ्देनले बताए।

त्यसकारण यस प्रकरणको अनुसन्धानलाई विभिन्न बहानाबाजीमा कमजोर बनाएर संलग्नलाई उन्मुक्ति दिने बाटोमा सरकार लाग्न नहुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search