‘द कपिल शर्मा सो’ केही समयका लागि स्थगित हुने

भारतको चर्चित कमेडी रियालिटी सो ‘द कपिल शर्मा सो’ फेरि केही समयका लागि स्थगित हुने भएको छ।

सोनी टेलिभिजनबाट नियमित प्रसारण भइरहेको ‘शो’ केही समयमका लागि स्थगित हुने होस्ट कपिल शर्माले जानकारी दिएका छन्।

शोका होस्ट शर्मा एक महिना लामो अमेरिका- क्यानडा टुरका लागि जान लागेकाले केही एसिपसोड छायांकन हुन नसकेपछि सो स्थगित गर्न लागिएको हो।

शर्माको लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण टिमले यस्तो निर्णय लिएको हो। बलिउड हंगामाको रिर्पोट अनुसार शर्मा जुनको मध्यतिर अमेरिका-क्यानडा टुरका लागि जाने तयारीमा छन्। त्यहाँ उनी एक महिना बस्नेछन् कपिल शर्माले शो स्थगित गरेको यो पहिलो पटक होइन। यस अघि पनि उनले केही समयका लागि कार्यक्रम स्थगित गरिसकेका छन्। पछिल्लो पटक आफू सन्ताको बुबा बनेको बेला शर्माले शो स्थगित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search