- नेपाली कांग्रेस हल्दिवारीले चुनावी प्रचार प्रसार मा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । पाँचैवटा वडाहरूमा कार्यकर्ताहरूको उल्लेखिय उपस्थिति रहेकोले पनि जनताहरूले यसपाली कांग्रेसको सरकार बनाउन चाहेको हल्दिवारी गाउँपालिका नेपाली कांग्रेसका उपसभापति एवम् वडा नं ४ का वडाध्यक्षका उम्मेद्वार होम चुडालको भनाई रहेको छ। वडा नं २ का वडाध्यक्षका उम्मेद्वार कृष्णप्रसाद प्रसाईले आफूले जितेको खण्डमा जनताको हितविपरीत कुनै काम नगर्ने भन्दै भोट दिन अपिल गर्नुभएको छ। वडा नं १ मा रत्नबहादुर अधिकारी सहितको टिम चुनावी मैदानमा रहेको छ भने वडा ३ मा ईन्द्र बहादुर वन सहितका उम्मेद्वार घरदैलोमा छन्। अघिल्लो निर्वाचनमा झिनो मतले हार बेहोरेका खडग् लावती यसपाली जित हासिल गरि समग्र हल्दिवारी ५ को विकास मा आफ्नो देन दिन लागिपर्नु भएको छ । गाउँपालिका अध्यक्षका उम्मेद्वार तुलसीप्रसाद ओलीले आफ्नो नेतृत्वको सवै टिम युवा भएकोले पनि एकपटक अवसर दिन हल्दिवारीवासी संग अनुरोध गर्नूभएको छ।