हल्दिबारीमा ओलीले भने – पाँचै दललाई ‘कर्‍याककुरुक’ पारेर फालेजति आनन्द अरुमा हुँदैन

240 views

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका पाँचै दललाई कर्‍याककुरुक्क पारेर फालेजति आनन्द अरु केही नहुने बताएका छन्।

गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने दाबीसमेत गरेका छन्।

गठबन्धनमा रहेका पाँचै दलहरुप्रति आक्रोश व्यक्त गर्दै भने, ‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ। पाँचै जना (दल) लाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन।’

उनले एमालेको शक्तिका कारण मुलुकको राष्ट्रिय रजानीति दुई भागमा बाँडिएकोसमेत बताएका छन्। उनले थपे, ‘एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी अर्कातिर। त्यहीँ पनि बहुमत एमालेको। आज देश यस स्थितिमा पुगेको छ।’

एमालेसँग कसैले पनि भिड्न नसक्ने भएकोले पाँचै जना चाहिएको टिप्पणी गरे। ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेकोमा खुसी व्यक्त गरेका छन्। उनले थपे, ‘गठबन्धन उहाँहरुलाई कति फापेको छ उहाँहरु जान्नुहुन्छ। एमालेलाई चाहिँ फापेको छ।’

यद्पि ओलीले भने राप्रपा नेपाल, राप्रपा, परिवार दल र लोसपासँग चुनावी तालमेल गरेको छ। विभिन्‍न पालिकामा यी दलहरुसँग चुनावी तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका छन्।

ओलीले आसन्‍न स्थानीय तहको निर्वाचनमार्फत ‘झापा जिल्ला, लाल किल्ला’ बनाउने दाबीसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search