मतदान केन्द्रभित्र फोटो खिच्न निषेध, यी हुन् तपाईंले पालना गर्नुपर्ने नियम

३० वैशाख, काठमाडौं । देशभरका स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि सुरु भई अपराह्न ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

तपाईं पनि आफ्नो अमूल्य मत दिन मतदान केन्द्र पुग्दै हुनुहुन्छ होला । योबेला मतदान केन्द्रमा के गर्न पाइँदैन भन्ने कुरा थाहा पाइराख्दा राम्रो हुन्छ ।

सबैभन्दा पहिले मतदान केन्द्रमा को–को जान पाउँछन् भन्ने कुरा थाहा पाइराखौं–

  • मतदाता
  • सुरक्षाकर्मी
  • उम्मेदवार वा उम्मेदवारको एक जना प्रतिनिधि
  • निर्वाचन आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक
  • निर्वाचन आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति
  • महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक
  • दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य
  • तर मतदान केन्द्रमा मादक पदार्थ सेवन गरेर जान पाइँदैन ।

मतदान केन्द्रमा निम्न कुराहरु निषेध छ–

  • मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री
  • सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ
  • कुनै प्रकारको हातहतियार
  • नमूना मतपत्रलगायतका कागजात
  • कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search