हल्दिवारीमा चट्याङ लागेर हस्दाको मृत्यु

160 views

हल्दिवारी , २ जेठ । गएराति पानीसँगै परेको चट्याङ लागेर झापा को हल्दिवारीमा एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका -२ स्थित राईटोल निवासी सुफल हस्दाका २६ वर्षीय छोरा भेना हस्दा रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार गएराति साढे १ बजे भेना शौचालय गर्न कोठाबाट बाहिर निस्किएका थिए । सोही बेला परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो ।

यता प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search