दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको हो । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी हुनुभएको थियो । उहाँले सात हजार २०१ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राससलाई जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाउनुभयो । नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी हुनुभएको छ । उहाँ पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी हुनुभएको थियो । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाउनुभएको छ । नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026
हल्दिबारीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान, ३५ प्रतिशतले लगाए खोप
September 25, 2026