हल्दिवारीमा मनाइयो , जैविक विविधता दिवश

166 views

पृथ्वीका सबै जीवको साझा भविष्यको निर्माण भन्ने नाराको साथ झापाको हल्दिवारी मा विश्व जैविक विविधता दिवश मनाइएको छ।चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालय हल्दिवारी -३ र फरेष्टएक्सन नेपालको संयुक्त आयोजनामा जैविक विविधता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।विधालयका करिव ८० जना विद्यार्थी तथा शिक्षक तथा सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा

फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा . लिला नाथ शर्माले जलथल जङ्गल र यहाँको जैविक बिविधताको बारेमा बिस्तृत जानकारी गराउनु भएको भने
मुना भट्टराइले जैविक विविधताको संरक्षणको आवश्यकता, फाइदा र विनासवाट आउन सक्ने समस्याको बारेमा जानकारी गराउनुभएको थियो। चेतनामूलक अन्तक्रिया पछि सबै सहभागी भएर र्याली प्रदर्शन गरिएको थियो। र्याली पश्चात विधार्थीहरूको तर्फबाट बोल्दै आर्यन गिरी एवं दिनीसा आचार्यले जानकारीमूलक र नयाँ कार्यक्रम भएको भन्दै खुसी व्यक्त गरेका छन् । कार्यक्रममा उत्कृष्ट प्रदर्शन सामाग्री बनाउने ३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search