झापा । हल्दिबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रवीन्द्र लिङदेन र उपाध्यक्ष लक्ष्मी देवी मैनालीसहित जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले दुई वटा महत्त्वपूर्ण निर्णय गरेका छन् । उनले गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएका नागरिकहरूलाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले घरभेट मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने र मनसुन सुरु हुन लागेकोले गाउँपालिकाभित्रका सडकहरू तत्काल मर्मत सम्भार गर्ने निर्णय गरेका छन् । गाउँपालिकामा नवनिर्वाचित २७ जना जनप्रतिनिधिहरूले शपथ खाँदै आआफ्नो जिम्मेवारी सम्हालेका छन् । गाउँपालिकामा राप्रपाको एकल बहुमत रहेको छ
कर्मचारी निधनपछि हल्दीबारी गाउँपालिकामा आज शोक बिदा
March 17, 2026
मनकामनाबाट फर्केको माइक्रो दुर्घटना , ६ जनाको मृत्यु
March 14, 2026
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026