सम्पर्कविहिन भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको लेतेमा भेटिएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मुस्ताङ जिल्लाको घाँसामा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।
स्थानीयका अनुसार जहाजमा आगो बलेकाे र ठूलाे आवाज आएकाे थियाे । बिहान ९ बजेर ५५ मिनेटमा उडेको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको थियाे । जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।