प्रदेश र संघको चुनावको तयारीमा जुट्न राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन

250 views

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचन सकियो भनेर थकाइ मार्ने छुट नभएको बताएका छन् । उनले प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेकाले त्यसको तयारीमा जुट्नुपर्ने बताए ।

उनले भने, ‘आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरुलाई निर्वाचन सकियो भनेर थकाइ मार्ने सुविधा र छुट छैन । भोलि नै निर्वाचन छ भन्ने ठानेर आफ्नो मिहिनेत बढाउन सबै नेता, कार्यकर्ता साथीहरुलाई आह्वान गर्न चाहन्छु ।’

स्थानीय तहको निर्वाचनमा गणितको हिसाबले राप्रपाले उल्लेख्य संख्यामा जित्न नसके पनि नेपालको राजनीतिमा राप्रपा नयाँ शक्तिको रुपमा उदय भएको सन्देश दिन सफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search