युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । आज विहान सकिएको फाइनलमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे ।


पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । त्यो अग्रता नै रियलले अन्तिमसम्म जोगाउँद्यै उपाधि जित्न सफल भयो । ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोल अफसाइड हुँदा रियलले अग्रता लिने मौका गुमाएको थियो । रियलको यो १४ औं च्याम्पियन्स लिगको उपाधि हो ।







