झापाको बिर्तामोड नगरपालिकाले आइतवार सार्वजनिक विदा नदिने निर्णय गरेको छ । आइतबार बसेको बिर्तामोडको कार्यपालिका बैठकले असार १ गतेदेखि लागु हुने गरी साविक बमोजिम कै विदा र समय लागु गर्ने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी आइतवारलाई समेत सार्वजनिक विदा दिने निर्णय बमोजिम कार्यान्वयन शुरु गरेको छ ।
सो विदाका सन्दर्भमा स्थानीय नगरबासी, शैक्षिक संस्थाको माग बमोजिम आइतवारको विदा नगर्ने निर्णय गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् ।