नेकपा (एकीकृत समाजवादी) बाट जीवनराम , मेटमणि मन्त्री हुदै

333 views

नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ। पार्टीको आज बसेको सचिवालय बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ अनुहार पठाउन लागेको हो।

देउवा मन्त्रिपरिषद्‍मा नेकपा (एस)को तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ थिए। त्यसैगरी भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री थिए।

पार्टीले नयाँ मन्त्रीहरुको नाम पनि टुंगो लगाएको छ। मन्त्रीहरुको सूची बोकेर पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

पार्टीले पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, स्वास्थ्यमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाउने तय गरेको छ। अन्य मन्त्रीलाई फिर्ता बोलाए पनि खापुङलाई भने राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गरिएको छ।

मन्त्रीहरुको नियुक्ति र शपथ आजै हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search