गायिका इन्दिरा बैवाहिक बन्धनमा बाँधिदै

403 views

गायिका इन्दिरा जोशी बैवाहिक बन्धनमा बाँधिने भएकि छिन्। उनी आफ्ना प्रेमी शरद केडियासंग आगामी मंगलबार बिवाह गर्ने भएकी हुन्।

जोशीले इन्स्ट्राग्राममार्फत् बिवाह गर्न लागेको जानकारी गराएकी छिन्। इन्स्ट्राग्राममा बिवाहको मिति तोकिएको कार्डपनि सार्वजनिक गरेकी छिन्।

तीन वर्षदेखि सम्बन्धमा रहेको यी जोडीले गतवर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएका थिए। र नाम्चेमै इन्दिराले बिहेको प्रस्ताव समेत स्वीकारेकि थिइन्।उनका प्रेमी शरदले हेलिकप्टर नै लगेर नाम्चे पुगेका थिए। शरद फेसन डिजाइनर हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search