एउटै बिधालयमा ३४ वर्ष बिताएका दिर्घराज सरको बिदाई

384 views

श्री दिपेन्द्र आधारभूत विधालय हल्दिवारी ४ का संस्थापक प्राधानाध्यापक दिर्घराज आचार्यलाई आज एक विशेष कार्यक्रम आयोजना गरि बिदाई गरिएको छ। २०४४ सालवाट सोही विधालयको प्र.अ भएर हालसम्म कार्यरत उहाँले अनिवार्य अवकाश पाउनुभएको हो ।विधालय व्यस्थापन समितिका अध्यक्ष रन्जित मेचेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, शिक्षिका, विधार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । ।कार्यक्रममा बोल्दै पूर्व व्यवस्थापन समिति अध्यक्ष विशुलाल मेचेले दिर्घराज सरको अथक प्रयासवाट नमुना विधालय बनाउन सफल भएको स्मरण गर्दै शिक्षाको क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान अतुलनीय रहेको धारणा राख्नुभएको थियो।

Advertisement

आजका सम्मानित व्यतिmत्व दिर्घराज आचार्येले मेचे जातीको बाहुल्यता रहेको ऐनाबारीमा सुरुवातको दिनहरुमा भाषाको कारण पठनपाठनमा केही असहज भएपनि सबैको दर्विलो साथ र शिक्षा आर्जनमा गरेको लगनशीलताको कारण नै विधालयको अवस्था फेरिएको भन्दै तिन दशक भन्दा बढि एउटै बिधालयमा बिताउन पाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो। आचार्यले बिदाईको क्षण दुखद भएपनि केही वर्ष पहिला विधार्थी संख्या कम भएर मर्ज हुने कुरा आउँदा व्यवस्थापन समिति, हल्दिवारी गाउँपालिका र पूर्व विधार्थीहरूको सक्रियताले विधालयमा विधार्थी संख्या साथै गुणस्तर सुधार गर्न सकेकोमा खुसी व्यक्त गर्नुभएको छ। आफूले सकेसम्म विधालयको हित हुने काममा संलग्नता भईरहने भन्दै आगामी सरस्वती पुजाको दिन उत्घाटन गर्ने गरि विधालय परिसरमा सरस्वती मन्दिर स्थापना गर्ने वचनबद्धता पनि जाहेर गर्नुभएको छ।

यस्तै प्रमुख अतिथि छवि चुडालले आचार्य सर हल्दिवारीमा शिक्षाको क्षेत्रका अग्रज व्यक्तित्व भएको भन्दै आज बिदाई गरेपनि आगामी दिनमा पनि विधालयको शैक्षिक सुधारमा निरन्तर साथ सहयोगको अपेक्षा रहने धारणा राख्नुभएको थियो ।

विधालय व्यस्थापन समितिका अध्यक्ष अध्यक्ष रन्जित मेचेले सरको सेवा निवृत्त जिवन सुखमय रहोस् भन्ने शुभकामना दिदै विधालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षक शिक्षिका साथै व्यवस्थापन समितिले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोही कार्यक्रमका बिच अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने विधार्थीहरुलाई सम्मान गरिएको छ । हाल ३२३ विधार्थी रहेको यो विधालयमा मेचे भाषामा पनि पढाई हुदै आएको छ। शिक्षक, विधार्थी, पूर्व विधार्थीहरुले मायाको चिनो प्रदान गरि हल्दिवारी गाउँपालिका क्षेत्र परिक्रमा गराएर सरको बिदाई गरेका थिए । कार्यक्रमको संचालन निमित्त प्र अ केशवकुमार चुडालले गर्नुभएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search