हल्दिबारी ।झापाको हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको पन्चायत माध्यमिक बिधालय मा बिधालय स्तरीय बाल क्लब र जुरेस गठन भएको छ ।
बिधालय मा प्रत्येक हप्ताको शुक्रबार अतिरिक्त क्रियाकलाप आयोजना अन्तर्गत आयोजना गरेको कार्यक्रममा बाल क्लब ,जुनियर रेडक्रस सर्कल गठन एवम विद्यार्थी र शिक्षक हरुको हाउस बिभाजन गर्ने कार्य सम्पन्न गरेको हो।
बिधालयका प्रधान्यापक कृष्ण बनले विद्यार्थीहरुलाई पढाइसँगै मानवीय सेवामा अभिप्रेरित गराउने उद्देश्यले क्लब र सर्कल गठन गरेको जानकारी गराउनु भएको छ ।
कार्यक्रममा बाल क्लब ,जुरेस लगायतको बिषयमा बिद्यार्थी लाई स्पष्ट सग ले विभिन्न तरिकाले प्रधान्यापक बन र शिक्षक रमेश भण्डारीले सामाजिक कार्यमा सक्रिय हुन अभिप्रेरित गर्नु भएको थियो।
विद्यालयमा दिपिका कार्कीको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ ।विद्यालयमा भएको कार्यक्रमका बीच गठित क्लबको उपाध्यक्ष प्रतिमा लिम्बू, सचिव आभाष योगी , सहसचिव शिशिर लिङ्देन र कोषाध्यक्षमा राज लिम्बू चयन भएका छन् ।क्लबका सदस्यहरुमा सुष्मा लिम्बू ,कन्चन गिरी,दिपेश कार्की,शिव खडका मेगराज लिम्बू ,समरिता लिम्बू ,इशान लिम्बू ,रोहन राई,प्रनिसा मगर र गौरव सुब्बा रहेका छन।
त्यसैगरी जुरेसको अध्यक्षमा स्पेस लिम्बू चयन भएका छन।उपाध्यक्ष ललिता दर्जी , सचि पुर्णिमा मेचे, सहसचिव सौरव गौतम र कोषाध्यक्षमा देवि माया बिष्ट चयन भएका छन् ।सर्कल का सदस्यहरुमा अभिषेक लिम्बू ,सचिन खडका,सफल भट्टराई ,सन्तोष बराल,रिना भट्टराई ,आरती थामी दीक्षा मेचे,गंगा दर्जी ,निरुशा लिम्बू र अन्कित न्यौपाने रहेका छन।
क्लब र सर्कलको परिचालनका लागि अभिषेक खतिवडालाई फोकल पर्सनको रुपमा चयन गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वनले क्लब र सर्कलका काम कर्तव्यका सर्कलका सदस्यहरुमा प्रकाश पारेका थिए ।
सग सगै बिधालयमा आजै कक्षा ६,७,८ मा अध्यानरत ३ जना छात्रा विद्यार्थीहरुको जन्म दिनमा बिधालय ले उपहार दिएर शुभकामना पनि प्रकट गरेको थियो। सामरिता लिम्बू ,रिना भट्टराई,र आशा महतो को जन्मोत्सवको अवसरमा बिधालयले शुभकामना प्रदान र आशीर्वाद प्रकट गर्दै शुभकामना दिएको शिक्षक डिल्लीराम ढुङ्गेल ले बताएका छन।