पूर्वी नाकाबाट रु ४६ करोडको फलफूल आयात

पूर्वी नाका काँकडभिट्टा हुँदै रु ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा रु ४५ करोड ९७ लाख २७ हजार बराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो ।

आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरवापत मात्र रु १२ लाख राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताउनुभयो । उहाँका अनुसार रु २९ करोड ७३ लाख ७ हजार मूल्य बराबरको चार हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ । यो नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र रु चार करोड ५१ लाख १० हजार बराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ ।

त्यसैगरी रु १२ लाख ८० हजारको ४६ मेट्रिक टन केरा, रु ७९ लाख ५१ हजारको नरिवल, रु ६७ लाख ७० हजार जुनार, रु ४९ लाख ४९ हजारको आप, रु दुई करोड ९७ लाखको अनार, रु ७७ लाख ६१ हजारको अङ्गुर, रु एक करोड ७८ लाख ७८ हजारको सुन्तला, रु ३६ लाख ७३ हजारको नास्पति, रु पाँच लाख ९८ हजारको अम्बा, रु ९३ लाख ८४ हजार बराबरको खर्बुजा आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...