कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरलाई

301 views

मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । उपाधिसँगै उहाँले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराउँदै उपाधि हात पार्नुभएको हो । नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जित्नुभएको छ । उहाँले उपाधिसहित नगद रु एक लाख प्राप्त गर्नुभएको छ । डेविडले चट्टानलाई हराउँदै उपाधि जित्नुभएको हो । ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्तरूपमा विजेता बनेका छन् । उपाधिसहित दुवैले रु ७५ हजार प्राप्त गरेको आयोजक कमिटीले जनाएको छ ।

उनीहरुले स्पाइडरम्यानको जोडीलाई हराएका थिए । मिडल वेट म्याचको च्याम्पियन साइन बन्नुभयो । उहाँले बाकालाई हराउँदै उपाधिसहित रु ९५ हजार प्राप्त गर्नुभएको छ । महिला म्याचको विजेता आकृति बन्नुभयो । उहाँले रु ७० हजार जित्नुभएको छ । आकृतिले तनुलाई हराउनुभएको थियो । लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेतासँगै रु ६० हजार प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, नेकपा (एमाले)का नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, सङ्घका महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search