काेरियामा रहेका नेपाली विद्यार्थीहरुकाे संस्था SONSIK र KUAAN काे सहयोगमा मिति २०७९/०३/१९ र २० गते हल्दिवारीका ८ वटा विधालयका कमजोर आर्थिक अवस्था भएका विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । १९ गते राष्ट्रिय एकता प्रा.वि. मा सोही बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष श्री हरिकृष्ण अधिकारीकाे अध्यक्षता, वडा नं.-२ कि वडा सदस्य श्री अम्बिका ताेलाङ्गीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन शिक्षक श्री बिष्णु प्रसाद राजबंशीले गरेका थिए । उक्त दिन जनता ,नवसिर्जना र राष्ट्रिय एकता प्रा. वि का ३० जना विद्यार्थीहरुलाई स्कुल व्याग , कपी , पेन्सिल, ज्यामिति बक्स लगायतका शैक्षिक सामग्रीहरुकाे वितरण गरिएको थियो भने आज दिपेन्द्र आधारभूत विधालयमा रामेश्वर प्रा.वि , शान्ति प्रा.वि.,दुर्गा देवी प्रा.वि,पन्चायत मा.वि र श्री दीपेन्द्र आधारभूत बिद्यालयका ५० जना विद्यार्थीहरुलाई लाई शैक्षिक सामाग्री वितरण गरिएको छ। दिपेन्द्र आधारभूत विधालयका निवर्तमान प्र अ दृर्घराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हल्दिवारी गाउँपालिका वडा नं ३का वडाध्यक्ष बिष्णुप्रसाद ओली, विशेष अतिथि वडा नं ४ का वडा सदस्य सुरेन्द्र बाराकोटी, हल्दिवारी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जनककुमारी राई, अतिथिहरुमा रामेश्वर प्रा.वि प्र अ मेनका शर्मा, विधालय व्यस्थापन समिति अध्यक्ष गोविन्द घिमिरे,दुर्गादेवी प्रा. वि प्र अ,श्यामा कुमारी तिम्सिना, शिक्षिका ललिता खड्का,पन्चायत मा वि का शिक्षक योगेश सुवेदी, व्यवस्थापन समिति सदस्य भिम काफ्ले लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले विधार्थीहरुको प्रोत्साहन को लागि यो महत्वपूर्ण कार्य भएको भन्दै दाता संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए भने विशेष अतिथि राईले यो कार्यले विधार्थीहरूमा पढ्नु पर्छ भन्ने भावना विकास भएर जाने भन्दै आगामी दिनमा पनि समन्वय गर्न आग्रह गरेकी थिइन्। सभापति आचार्यले हल्दिवारीका सामुदायिक विद्यालयहरूको अवस्था राम्रो हुदै गएको र यस्ता विधार्थीहरुको मनोवल बढाउने कार्यले त्यसमा अझै टेवा पुगेको बताएका थिए । कोरियामा रहेका विधार्थीहरुको यो संस्था संग समन्वय भने दिपेन्द्र आधारभूत विधालय लगायतका हल्दिवारीका अन्य विधालयका पनि कम्प्युटर शिक्षक शान्त पौडेलले गरेका हुन् । Sonsik ra kuaan को १८औ कार्यसमितिको पदावधि सकिनै लाग्दा सहसचिव मनिश पाण्डेको संयोजनमा रू ९०,००० बराबरको सहयोग प्राप्त भएको पौडेलले बताए। कार्यक्रमको संचालन दिपेन्द्र आ.वि का प्र अ केशव चुडालले गरेका थिए।