झापाको हल्दिवारी गाउँपालिकाले चार जना कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ । गाउँपालिकाले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरेको हो । उनीहरुलाई नगद रु २५-२५ हजार सहित सम्मानसहित पुरस्कृत गरिएको हो ।सम्मानित हुनुहुनेमा सानुमाया श्रेष्ठ , दिपक रेग्मी , हेमराज वन र मदन संग्रौला रहेको गाउँपालिकाले जनाएको छ ।
हल्दिवारी गाउँपालिकाले आर्थिक बर्ष २०७८-७९ मा उत्कृष्ट कार्यसम्पादन गरे वापत १२ औं गाउँसभाको निर्णय अनुसार उनीहरुलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालले जानकारी दिए । उनीहरुलाई गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले सम्मानपत्र सहित सम्मान गरेका हुन् ।