हल्दिवारीमा छिमेकीबाट बालिका बलात्कृत,पेटमा २८ हप्ताको गर्भ

हल्दिवारी ,१० श्रावण । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर २ बाट प्रहरीले बलात्कार आरोपमा एक व्यक्ति लाई पक्राउ गरेको छ ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्दाजी ३० बर्षिय इन्द्र मण्डललाई सोमबार पक्राउ गरेको थियो ।

वैदेशिक रोजगारबाट फर्केर स्थानीय चियाबगान मा चिया पत्ती आफ्नै बोलेरो पिकअपबाट बोक्ने काम शुरु गरेका मण्डलले पारीवारीक फाइदा उठाउदै बालिकाको घरमै पटक पटक बलात्कार गरेको बालिकाले बताएकि छ्न । बलात्कार आरोपित मण्डल र बालिकाको घर जोडिएको छ।

बालिकाका अनुसार बलात्कार गरेको बताए मार्ने धम्की दिएकोले आफुले कसैलाई बताउन नसकेको उनले भनेकि छ्न ।

स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्यनरत बालिका १२ बर्ष ९ महिना पुगेको परीवारजनले बताएका छ्न । २ दिन अगाडि बालिकाले पेट दुखेको बताएपछि उनलाई अस्पताल लगिएको र भिडियो एक्सरे रिपोर्ट अनुसार उनको पेटमा २८ हप्ताको गर्व रहेको पाइएको हो।

 

हिजो सोमबार बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका थिए पछि आरोपित मण्डललाई उनले काम गरीरहेको ठाउँ बाट नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको प्रहरीले बताएको छ ।

आज मंगलबार जिल्ला प्रहरी कार्यालयको टोलिले स्थलगत सर्जिविन गरी फर्किएको छ भने आरोपित मण्डललाई आजै अदालत लगीने समेत प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search