झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयंमसेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर-११ की रुपा मैनाली रहेकी छिन् ।
उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएपछि उपचारको लागि चारआलीस्थित सर्पदंश लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि विर्तामोड लैजादै गर्दा बाटोमा नै ज्यान गएको मेचीनगर-११ का वडाध्यक्ष रुद्र डागीले जानकारी दिए ।
आफन्त र छरछिमेकहरुले घटना घटाउने सर्पको खोजतलास गर्दा आज बिहान घर भित्रको फ्रिज छेउमा लुकेर बसेको अवस्थामा गोमन सर्प फेला गरेको र त्यसलाई अहिले मारिसकेको वडाध्यक्ष डागीले बताए ।