भष्ट्राचारबिरूद्द कालोपट्टी बाधेर हल्दिवारीमा राप्रपाको प्रदशर्न

राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर विरोध प्रदर्शन गर्ने क्रममा आज झापाको हल्दिवारीमा पनि कालोपट्टी बाधेर प्रदशर्न गरेको छ। पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको हो । नागरिकता विधेयक खारेज गर, , बढ्दो महंगी नियन्त्रण गर, एमसीसी र संघीयता खारेज गर , हिन्दू राष्ट्र कायम गर लगायत पम्पलेट सहित प्रदर्शन गरेर कोणसभा गरेको छ।

हल्दिवारी १ गोल्धाप बजार परिक्रमा गरि कोणसभा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा हल्दिवारीका अध्यक्ष एकराज रानामगरले राप्रपाले उठाएको माग सबै नेपालीको हितमा भएको भन्दै जुनसुकै पार्टीको भएपनि राम्रो काममा साथ दिन आग्रह गरेका थिए।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रेको राप्रपाले जनाएको छ ।

२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ। राप्रपाले गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।

आफ्ना माग पूरा गराउन राप्रपा यतिबेला दोस्रो चरणको संघर्षमा होमिएको छ। यसअघि राप्रपाले असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्ष गरेको थियो।

साउन ११ देखि ३१ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारीमा छ।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रुपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, आगामी प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन निष्पक्ष चुनावी सरकार गठनलगायत महँगी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ सुत्रीय माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...