काठमाडौं। सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको चुनाव गर्ने निर्णय गरेको छ। आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठक मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो।
सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो। उक्त सहमतिअनुसार मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा भएको हो।
मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।
।