कार्यकर्ता एवम् मतदाताहरु भेट गर्दै, राजेन्द्र लिङ्देन झापामा

प्रतिनिधि तथा प्रदेश सभा को चुनाव सरकारले घोषणा गरेकै दिन राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन मतदाता भेटघाट एवंम सुझाव संकलनमा लागेका छन्। ३ दिनदेखि गृह जिल्ला झापामा रहेका उनले आज कचनकवल १ का छुटाछुटै स्थानमा नेता, कार्यकता एवम् शुभेच्छुकहरु भेट गरेका छन्।

भेटका क्रममा मतदाताहरूले आगामी चुनावमा क्षेत्र नं ३ बाटै चुनावमा उठ्न आग्रह गरेका थिए भने उनले पनि आफ्ना भगवान, मतदाताहरु यहि भएकाले आफू यहिँ क्षेत्रबाटै चुनाव लड्ने जानकारी गराएका छन्। गत स्थानीय निकायको चुनावको परिणाम कचनकवलमा आफ्नो पक्षमा नभएपनि आफू सधै आफ्ना मतदाता जनताहरूसँगै रहेको र जस्तोसुकै परिस्थितिमा पनि सँगै रहेको धारणा राख्दै उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिने बताएका थिए भने मतदाताहरूले झापा क्षेत्र नं ३ मा राजेन्द्र लिङ्देन जिताउन आफूहरु लागि पर्ने धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search