मतदाता नामावली सङ्कलन कार्य स्थगित

जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएकोे छ । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै यहाँ नामावली सङ्कलन कार्य स्थगित गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगित गरिएको कार्यालयका प्रमुख माधव फुयालले बताउनुभयो । मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्क अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ । उहाँले भन्नुभयोे, “सङ्कलित नामावली रुजु गर्ने काम भइरहेको छ, रुजु सम्पन्नपछि आयोगमा पठाउछौँ, त्यसपछि मतदाताको एकिन सङ्ख्या आउँछ ।” स्थानीय निर्वाचनपछि गत असार १ गतदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नामावली सङ्कलनको काम नियमित रुपमा भइरहेको थियो ।

बैतडीका हालसम्म एक लाख ५१ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । स्थानीय निर्वाचनमा एक लाख ४८ हजार ६०६ मतदाता रहेकामा त्यसपछि थप तीन हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशी जानकारी दिनुभयो । सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । मताधिकारका लागि भने फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका साथै १८ वर्ष पूरा भएको हुनुपर्दछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै यहाँ पनि निर्वाचन कार्यालयले आन्तरिक तयारी थालेको जनाइएको छ । आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि थप काम थालिने निर्वाचन कार्यालयले जनाएको छ । कार्य सम्पादन मूल्याङ्कनमा बैतडी उत्कृष्ट जिल्ला प्रशासन कार्यालय कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशभरिमै उत्कृष्ट १० भित्र परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरिका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कन हेर्दा बैतडी १० औँ नम्बरमा पर्न सफल भएको हो ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच आव २०७८/७९ का लागि भएको कार्य सम्पादन सम्झौता कार्यान्वयनका सम्बन्धमा मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार बैतडी १०औँ नम्बरमा परेको हो । जिल्ला प्रशासन कार्यालय पहिलोपटक उत्कृष्ट १० भित्र पर्न सफल भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । दुई वर्ष अगाडी बैतडी १२औँ नम्बरमा थियो । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, मुद्दा फर्छ्यौटलगायत आधारमा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उत्कृष्ट १० भित्र अटाएपछि उहाँले जिल्ला सुरक्षा समिति परिवार, जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित सरकारी कार्यालय, स्थानीय तह, राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था, सञ्चारकर्मीलगायत सरोकारवाला सबैलाई धन्यवाद दिनुभयो । कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरिको पहिलो नम्बरमा रहेको छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पनि उत्कृष्ट १० भित्र अटाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search