हल्दिबारी गाउँपालीकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले आज संयुक्त रूपमा हल्दिवारी २ खर्साङबारी चोकबाट पश्चिम गोल्धाप तिर जाने बाटोको खाल्डाखुल्डी पुर्ने तथा बाटो वरीपरीका झारजंगल सफाई कार्य गरेका छन्।
बाटोको छेउछाउमा निर्माण सामाग्री नराखौ,पशु चौपाया नबाधौ,बिस्कुन नसुकाऔ,फोहोर नथुपारौ , यसबाट सडक यातायातमा असर पुगी गम्भीर दुर्घटना हुन सक्छ भन्ने चेतनामुलक जानकारी प्रवाह हुने गरी प्रचार प्रसार गरिएको थियो। स्थानीयबासीहरूलाई आफ्नो वरिपरिको क्षेत्रको सडक सुधार लगायतका सामान्य कामहरूमा आगामी दिनमा संलग्न हुन आग्रह गरिएको थियो भने स्थानीयवासीहरू स्वतस्फूर्त रूपमा संलग्न भएका थिए भने करिब २ घन्टा सम्म सरसफाई कार्यक्रम चलेको थियो।
राम्रो कामको सुरुवात हामी आफैबाट गरेर देखाऔ भन्ने उद्देश्यले सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिले संयुक्त रुपमा सरसफाई गर्दै अघि बड्ने अभियान सुरु गरिएको र यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि अघि बढाउने गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्गदेनले जानकारी दिए।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026
हल्दिबारीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान, ३५ प्रतिशतले लगाए खोप
September 25, 2026