राप्रपा हल्दिवारीमा , प्रजातान्त्रिक मेचे महिला संगठन गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिवारी ३ ले राष्ट्रिय प्रजातान्त्रिक मेचे महिला संगठन हल्दिवारी गठन गरेको छ। हल्दिवारी गाउँपालिकाकी कार्यपालिका सदस्य आयुषा मेचे लाई बधाई ज्ञापन गर्न आयोजना गरिएको विशेष कार्यक्रममा मेचे महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष नुमा मेचेले स्वागत मन्तव्य राखेकी थिइन् । बधाई लिदै कार्यपालिका सदस्य मेचे ले , आफ्नो समुदायको महिला लाई पहिलो पटक गाउँपालिका मा प्रतिनिधित्व गर्ने अवसर दिएकोमा हल्दिवारी गाउँपालिका प्रमुख रविन्द्र लिङदेनलाई धन्यवाद दिएकी थिइन्। कार्यक्रममा बोल्दै उनले आफूहरु मतदाता मात्र नभएर निति निर्माण को ठाउँमा पुग्नु पर्ने र त्यो अवसर राप्रपा ले दिने भन्दै महिला दिदीबहिनीहरुलाई संगठनमा जोडिन अनुरोध गरेकी थिइन भने महिलाहरू स्वतस्फूर्त रूपमा संगठित भएका थिए। वविता मेचे को अध्यक्षतामा तपसिल अनुसार को १४ सदस्य रहेको समिति गठन गरिएको छ ।
अध्यक्ष: वविता मेचे, उपाध्यक्ष: राखी मेचे, सचिव: आयुषा मेचे, सहसचिव: कल्पना मेचे, कोषाध्यक्ष:अनिता मेचे
सदस्यहरू : विना , शोभा , हेदली ,सुनीता, मुना,निशा ,सुजता , अनिता , मिस्टि मेचे रहेका छन्।
नवगठित समितिका सदस्यहरूलाई राप्रपा क्षेत्र नं ३ ख का प्रदेश अध्यक्ष रविन्द्र प्रसाद लिङदेन र हल्दिवारी गाउँ कार्यसमितिका अध्यक्ष एकराज रानामगर, हल्दिवारी ४ का वडाध्यक्ष सन्तकुमार थापाले बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन जनक तामाङले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search