नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथलको १२ औ साधारणसभा सम्पन्न भएको छ।विगत ३ वर्षदेखि साधरणसभा, तथा लेखापरीक्षण हुन नसकेको रेडक्रस जलथल केही समयअघि देखि विवादमा आएको छ। संस्थाका अध्यक्ष विष्णुप्रसाद उप्रेती रू १२,०३,६२९ रूपैयाँ हिनामिना गरेर वेपत्ता भएका छन् जसका कारण नि: वर्तमान र वर्तमान कार्यसमितिको चर्को विरोध भइरहेको छ। रेडक्रस जलथल का सभापति रेमप्रसाद खरेलको सभापतित्वमा भएको कार्यक्रममा ने.रे.सो झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथीहरूमा हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, ने रे सो प्रदेश १ कोषाध्यक्ष ओमप्रकाश गौतम, मन्त्री चन्द्रप्रकाश चुडाल, झापा ने रे सो कोषाध्यक्ष हेम राजवंशी अतिथिहरुमा हल्दिवारी ४ नं वडाध्यक्ष सन्तकुमार थापा,३ नं वडाध्यक्ष बिष्णुप्रसाद ओली, रेडक्रस पूर्व सभापति हरू रामचन्द्र उप्रेती, श्रिप्रसाद बाराकोटी, पूर्व सचिव होम चुडाल , महेन्द्र मा. वि प्र अ चक्र बस्नेत , नेपाली कांग्रेस का सभापति गंगा प्रसाई, नेकपा एमालेका उपाध्यक्ष महेशलाल मेचे, राप्रपा का अध्यक्ष एकराज रानामगर लगायत जनप्रतिनिधि विभिन्न संघ संस्था का प्रतिनिधि, शिक्षक हरू रहेका थिए भने रेडक्रस का आजिवन सदस्य लगायत अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेका थियो ।
कार्यक्रममा बोल्दै रेडक्रस जलथल का पूर्व सभापति रामचन्द्र उप्रेतीले विशुद्ध सामाजिक सेवामा समर्पित संस्थामा भएको आर्थिक हिनामिना ले लज्जित बनाएको भन्दै नि: वर्तमान सभापति विष्णु उप्रेतीले रकम दाखिला गर्नुपर्ने धारणा राखेका थिए भने महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्र बस्नेतले रेडक्रसमा बसेर उप्रेतीले गरेको कार्य खेदजनक रहेको बताएका थिए।यसैगरी कार्यक्रममा नेपाली काँग्रेस हल्दिवारीका सभापति गंगा प्रसाई, नेकपा एमालेका उपाध्यक्ष महेशलाल मेचे, राप्रपा का अध्यक्ष एकराज रानामगर लगायतले आफ्नो मन्तव्य राख्दै रेडक्रस जस्तो संस्थामा बसेर अनियमितता गर्ने मान्छे जुनसुकै पार्टीको भएपनि कारवाहीको दायरामा ल्याउन आफूहरु लागिपरिरहेको बताएका थिए।
यसैगरी हल्दिवारी गाउँपालिका उपप्रमुख लक्ष्मीदेवी मैनालीले आफू विभिन्न संघ संस्थामा रहेर काम गरिरहे पनि यो घटनाले आफूलाई अत्यन्तै दुखित बनाएको बताएकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि रेडक्रस झापाका सभापति लोकराज ढकालले जनताको रगत पसिना मिसिएको रेडक्रसको सम्पति दुरूपयोग गर्ने, कार्यसमितिका अन्य पदाधिकारीहरुलाई कुनै कुरा जानकारी नगराउने, जिल्लाको कुनै कार्यक्रममा सहभागीता नजनाउने, वार्षिक साधारणसभा नगर्ने ठूलो गल्ती गरेको भन्दै विष्णु उप्रेती सम्पर्कमा आएर यि यावत कुराको स्पष्टीकरण दिनुपर्ने र कसैले पनि रेडक्रसलाई पार्टी संग जोड्न नहुने बताएका थिए भने उप्रेतीको खोजीको लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिसकेको भन्दै केही व्यक्तिले सामाजिक सञ्जालमा जिल्ला शाखा लाई समेत जोडेर लेखिएको पाइएको भन्दै हचुवाको भरमा संस्था र व्यक्तिको निष्ठामा आंच पुर्याउने कार्य नगर्न आग्रह गरेका थिए। यस्तै सभापति खरेलले आगामी दिनमा रेडक्रस सोसाइटी उपशाखा जलथलको हरेक कुरा चुस्त दुरुस्त बनाउने र पूर्व सभापति उप्रेतीलाई जसरी भएपनि कानुन को दायरमा ल्याउने बताएका थिए। प्रतिबद्धता व्यक्त गरेका थिए।
कोषाध्यक्ष सुरेन्द्र बाराकोटीले २०७८फाल्गुन १४ देखि २०७९ असार मसान्तसम्म को रू १३,७३,५५७ आय व्यय विवरण सहितको कोषाध्यक्ष को प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तुलशा आचार्यले राखेकी थिइन् भने कार्यक्रमको संचालन सचिव खिवराज भट्टराईले गरेका थिए।