हल्दिवारीमा एक वर्षमा ५७ अपाङ्गता तथा २१ ज्येष्ठ नागरिक कार्ड वितरण

झापा- गत आर्थिक वर्ष २०७८/७९ मा हल्दिवारी गाउँपालिका महिला तथा बालबालिका शाखाले ज्येष्ठ नागरिक कार्ड ७८ वटा वितरण गरेकाे छ । जसमा १ नं वडा १० जना, २ नं ,२ जना, ३ नं २ जना, ४ नं ६ जना तथा ५ नं १ जना रहेका छन्।

६० वर्ष माथिका महिला पुरुष दुवै लाई ज्येष्ठ नागरिक मानिन्छ। ज्येष्ठ नागरिक कार्ड लिनेको सङ्ख्या गत वर्ष भन्दा यो वर्ष कम रहेको महिला, ज्येष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरको जानकारी दिइन्।सरकारले ज्येष्ठ नागरिकको लागि अस्पताल भर्ना, हवाई यातायात, सवारी साधन लगायत अन्य क्षेत्रमा पनि पनि सहुलियत सेवा सुविधा उपलब्ध गराएको छ।

यसैगरी गत आर्थिक वर्षमा ५७ जनाले अपाङ्गता कार्ड लिएका छन्। जसमा २५ जनाले रातो ( पुर्ण अशक्त) ,२५ जनाले निलो ( अति अशक्त) र ७ जनाले पहेंलो ( मध्यम) कार्ड लिएका छन्। सरकारले रातो र निलो कार्ड लिएका अपाङ्ग व्यक्तिहरूलाई क्रमश मासिक रू ४००० र २६६० सामाजिक सुरक्षा भत्ता दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...