हल्दिवारी गाउँपालिकामा सुवास श्रेष्ठ प्रशासकीय अधिकृत

झापा। हल्दिवारी गाउँपालिकामा आजदेखि सुवास श्रेष्ठले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्।कार्यभार सम्हाल्दै श्रेष्ठले सम्पुर्ण कर्मचारीहरूलाई आफ्नो शाखाको सम्पूर्ण कार्यसम्पादन गतिविधिहरू लाई चुस्त दुरुस्त राख्न र हल्दिवारीलाई नमुना गाउँपालिका बनाउन सबै मिलेर लाग्न आग्रह गरेका थिए भने आजबाट एउटा परिवार भएको र मिलेर अघि बढ्न आफ्नो साथ सहयोग सधै रहने धारणा राखेका थिए। हल्दिवारीलाई सम्बृद्ध हल्दिवारी बनाउन जनप्रतिनिधि र कर्मचारीहरू एकढिक्का भएर लाग्नुपर्ने भन्दै उनले अध्यक्ष, उपाध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधि वाट सहयोग हुने अपेक्षा भएको धारणा राखेका थिए।
प्रमुख प्रशासकीय अधिकृतलाई हल्दिवारी गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली सहित सम्पूर्ण कर्मचारीहरूले स्वागत गरेका थिए।
श्रेष्ठ २०७७ सालमा नेपाल सरकारवाट उत्कृष्ट निजामती कर्मचारीका रूपमा सम्मानित भएका थिए।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search