झापा। समुदायमा आधारित कानुनी सचेतना कार्यक्रम हल्दिवारी गाउँपालिकामा आज सम्पन्न भएको छ। कानुनी सहयोग तथा परामर्श केन्द्र (स्याक) झापाको आयोजनामा भएको कार्यक्रममा संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना को सहयोग रहेको थियो।
गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिवारी गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा
स्थानीय सरकार संचालन ऐन अन्तर्गत न्यायिक समिति को भूमिका, कार्यक्षेत्र, न्यायिक निर्णय कार्य सम्पादन , मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाको बारेमा जानकारी गराईएको थियो।
यसैगरी समाजमा घट्ने विभिन्न प्रकारका घटनाहरू जुन गाउँपालिका तथा वडा कार्यालयहरूमा आउने गर्छन् विशेष गरि चोरी, बलात्कार, सिमा विवाद, बहुविवाह, अंश लगायतका विषयमा व्यापक छलफल भएको थियो भने समाधान को उपायहरूको बारेमा जानकारी गराईएको थियो।
अधिवक्ता दिपेन्द्र भट्टराई र उमा कार्कीले प्रशिक्षण दिएको कार्यक्रमको अन्त्यमा सहभागीहरूले आउन सक्ने समस्याहरूको बारेमा प्रश्न राखेका थिए भने अधिवक्ता भट्टराईले जवाफ दिदै सवाल जवाफ गरिएको थियो।
कार्यक्रमको सहजीकरण न्यायिक शाखाका कर्मचारी जय दाहालले गरेका थिए।