काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो । नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।” झण्डै छ÷सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।”
झापा औधोगिक ,पर्यटन तथा कृषि महोत्सवको तयारी अन्तिम चरणमा
January 20, 2026
प्रतिनिधि सभा निर्वाचन आउन ४५ दिन बाँकी, आजदेखि आचारसंहिता लागू
January 19, 2026
राप्रपाले टुंग्यायो झापाका ५ वटै क्षेत्रका उम्मेदवार
January 18, 2026
झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बने एमाले अध्यक्ष ओली
January 17, 2026
मोटरसाइकल दुर्घटनामा भद्रपुरका निरौलाको मृत्यु
January 17, 2026