भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर ५ स्थित मेची नदिको पुल छेउमा स्वागत बोर्ड स्थापना गरेको छ ।
सिमा नाका भारतवाट नेपाल प्रवेश गर्ने नागरिकलाइ स्वागत गर्ने उदेश्यले सो बोडको स्थापना गरीएको क्लवका पव्लीक इमेज कोअडिनेटर नितेश वर्माले वताए।
नगरपालिका र राज्यले गर्नुपर्ने काम क्लवले गरेकोमा नगर प्रमुखले क्लवलाइ धन्यवाद दिदै अन्य सामाजिक कार्यमा समेत नगरले क्लव सग हातेमालो गर्ने प्रतिवद्धता जनाएका छन्।
भरखरै मात्र मेची पुलमा सडक वत्ति जडान गरी सिमा नाकालाइ उज्यालोे पार्ने कार्य वडाले गरेको र क्लवले स्वागत बोड स्थापना गरी थप सुन्दरता प्रदान गरेको वडा अध्यक्ष वन्धु कार्किले बताए।
स्वागत बोड निर्माणमा करिव ४० हजार खर्च लागेको क्लवका प्रेसिडेन्ट नोमीनि विनोद चापागाइले जानकारी दिएका छन्।
कार्यक्रममा रोटरीयनहरु पवन श्रेष्ठ, प्रदिप सरावगी, सुरेश मित्तल लगायत सुरक्षाकर्मिहरुको उपस्थिती रहेको पाष्ट प्रेसिडेन्ट विगत ओझाले जानकारी दिए।क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।