जंगली हात्तीको आक्रमणमा परी हल्दिवारीमा २ जना घाइते

झापा।जंगली हात्तीको आक्रमणमा परि हल्दिवारी २ मा दुईजना घाइते भएका छन्। आज विहान करिव ४:३० बजेको समयमा मर्निङ वाक मा निस्केको अवस्थामा हात्तीसंग जम्काभेट हुन पुग्दा फर्सी राजवंशी र उनका छोरा घाइते भएको २ नं वडाध्यक्ष सुकलाल राजवंशीले जानकारी दिएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको हल्दिवारी प्रहरी चौकी इन्चार्ज पर्शुराम राउतले जानकारी दिएका छन्। रातको समयमा ४ वटाको संख्यामा आएका हात्तीले एउटा पसलमा पनि क्षति पुर्याएको बताइएको छ ।
हल्दिवारीमा पछिल्लो समयमा हात्तीको जोखिम बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search