राप्रपा क्षेत्र नं ३ ले गर्यो,प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि उम्मेद्वार सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं ३ झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन को लागि उम्मेद्वार सिफारिस गरेको छ। पार्टीको आज बसेको क्षेत्रिय कार्यसमितिको समितिको बैठकले सिफारिस गरेको नामावली जिल्ला कार्य समिति पठाउने निर्णय गरेको छ।जस अन्तर्गत प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ राजेन्द्र प्रसाद लिङदेन समानुपातिक तर्फ अन्जार आलम, सीता लम्साल र विकेन्द्रकुमार लिम्बु को नाम सिफारिस गरेको छ।
यस्तै प्रदेश सभा तर्फ प्रदेश क बाट प्रत्यक्षमा नवराज पनेरु, राजकुमार राई, सत्यनारायण यादव, समानुपातिक तर्फ निमसरी राजवंशी, कृष्ण सुब्बा, पूर्ण राना र रविचन्द्र ओक्षा लाई सिफारिस गरेको छ भने प्रदेश ख मा प्रत्यक्ष तर्फ रामकुमार सिंह राजवंशी,जिवन पनेरु समानुपातिक तर्फ एकराज रानामगर, कमला राजवंशी, गोपाल हेमरम सीता श्रेष्ठ, तुलशा आचार्य, सरस्वता कन्दंवा,पुनम राजवंशीको नाम सिफारिस गरेको छ भने जिल्ला कार्यसमितिले यि नामहरू वाट उम्मेद्वार चयन गर्ने क्षेत्रिय सचिव खिवराज भट्टराईले जानकारी दिएका छन्।आज हल्दिवारीमा बसेको क्षेत्रिय कार्यसमितिकी अध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य रामकुमार राजवंशी,अन्जार आलम , नवराज पनेरु, जिल्ला समिति उपाध्यक्ष सीता लम्साल, प्रदेश ख अध्यक्ष एवम् हल्दिवारी गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङदेन, प्रदेश क अध्यक्ष एवम् भद्रपुर नगरपालिका उपमेयर राधा कार्की लगायत राप्रपाका धेरै नेतृत्वकर्ता हरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search