झापा। हल्दिवारी ४ मा अवस्थित पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय विकास समिति हल्दिवारी ४ ले छैठौ साधरणसभा सम्पन्न गरेको छ । समितिका अध्यक्ष रेम प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न सभाले आ . व २०७८/७९ को रू ४ लाख ४३हजार ४सय २२रूपैयाँ को प्राप्ति भुक्तानी विवरण र आ.व २०७९/८० को लागि १३ लाख रूपैयाँको अनुमानित आय व्यय कोषाध्यक्ष सुरेन्द्र बाराकोटीले प्रस्तुत गरेका थिए।
आजको अधिवेशन ले पुरानो समिति विघटन गरी जयप्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्य रहेको तपसिल अनुसार समिति गठन गरेको छ।
उपाध्यक्ष: लक्ष्मीप्रसाद ओली
सचिव: अनिल चौहान
सहसचिव: दिपक गैरापिपली
कोषाध्यक्ष: योगेश कार्की
सदस्यहरू: युवराज भण्डारी,अमृत बहादुर श्रेष्ठ,बाशु खतिवडा , मानप्रसाद मोक्तान

चक्रबहादुर बस्नेतको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत समिति गठन गरेको थियो।
कार्यक्रममा हल्दिवारी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा प्रमुख अतिथि रहेका थिए भने वडासदस्य भावना दाहाल, शान्ता विश्वकर्मा, समाजसेवी एकराज रानामगर, चक्र बस्नेत लगायत अतिथि रहेको कार्यक्रमको संचालन सचिव मन्जु दाहालले गरेकी थिइन्।
यो धार्मिक क्षेत्र हल्दिवारीको पर्यटकीय क्षेत्र को रूपमा विकसित हुँदै गएको छ।










