लोकतन्त्रवादी जनजाति महासङ्घमा झापाका चार केन्द्रीय सदस्य मनोनीत

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय सदस्यमा झापाका चार जना मनोनीत भएका छन् ।

मनोनीत हुनेमा विश्वदीप लिङदेन (सुरेश), टेकबहादुर लिम्बू (भरत सुब्बा), बडेराम हेमरम (बडाराम) र मोहन राजवंशी छन् ।

नेपाली काङ्ग्रेस केन्द्रीय समितिको साउन २ मा बसेको बैठकले नेपाल आदिवासी जनजाति सङ्घलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा रुपान्तरण गर्ने निर्णय गरेको थियोे । सोही निर्णयानुसार रुपान्तरित महासङ्घको केन्द्रीय सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आज (आइतबार) ४८ केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज निकालेको विज्ञप्तिमा उनीहरूलाई मनोनीत गरिएको उल्लेख छ । काङ्ग्रेस केन्द्रीय समितिको २०७८ चैत १५ मा बसेको बैठकको निर्णयानुसार सभापति देउवाले ओमबहादुर घर्ती मगरलाई नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्षमा मनोनीत गरेका थिए ।

समितिमा प्रदेश १ बाट राजकुमार राई (खोटाङ), रामजी कङरेन (धनकुटा), जयप्रसाद इङनाम (तेह्रथुम), सधनाकुमारी मगर धनम (उदयपुर), हिलारीबन्धु भुजेल (ओखलढुङ्गा), लीलामान कङरेन (सङ्खुवासभा), रणबहादुर तावा (पाँचथर), चन्द्र खालिङ राई (सोलुखुम्बु), रमेश इवाहाङ (धनकुटा), धर्मराज राई (भोजपुर), पासाङ शेर्पा (ताप्लेजुङ) र जानुका लिम्बू शेर्पा (तेह्रथुम) सदस्य छन् ।

समितिमा धनकुटा र तेह्रथुमबाट समान दुई जना र झापाबाट सबैभन्दा बढी चार जना पर्न सफल भएका हुन् । तराईका जिल्ला मोरङ र सुनसरीबाट कोही पनि परेका छैनन् । पहाडी जिल्ला इलामबाट पनि प्रतिनिधित्व छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search