झापा। भद्रपुरमा चलिरहेको महोत्सवमा हिजो राती झडप भएपछि जिल्ला प्रशासन कार्यालय झापाले महोत्सव संचालन गर्न दिएको अनुमति रद्द गरेको छ।
रमाइलो मेला संचालनको क्रममा हिजो झडप भएपछि केही व्यक्ति घाइते भएका थिए जसका कारण शान्ति सुरक्षा मा असर परेको भनि भदौ १६ गते सम्म लाई दिएको अनुमति रद्द गरेको र मेला संचालनमा रोक लगाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय झापाले ११ बजे सम्म मेला संचालन गर्न अनुमति नदिएको साथै जुवातास लगायत हारजित हुने खेल नखेलाउन भनिएको भएपनि अनुमति विपरीत हाउजी चलिरहेको थियो।
साउन १५ गतेबाट सुरु भएको मेलामा आज गायक प्रशान्त तामाङ को प्रस्तुति रहने पूर्व तालिका थियो।
गीतकार सत्यनारायण तायलको तीजगीत “फुर्ति कति धेरै” सार्वजनिक
September 6, 2026
यातायात क्षेत्रमा अनलाइन बुकिङको अवस्था र ‘इयात्री’को बजार यात्रा
September 3, 2026